अष्ट्रेलिया पराजित, स्वीडेनलाई तेस्रो स्थान

लण्डन । अष्ट्रेलियालाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलमा तेस्रो भएको छ ।

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा स्वीडेन २–० ले विजयी भएको छ । ३०औं मिनेटमा फ्रिडोलिना रोल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो ।

६२औं मिनेटमा कोसोभारे अस्लानीले गोल गरेर स्वीडेनको जित सुनिश्चित गरिन् । हारपछि आयोजक अष्ट्रेलियाले चौथो स्थानमा चित्त बुझाएको छ । उपाधिका लागि स्पेन र इंगल्याण्ड भिड्नेछन् ।

Published : Sunday, 2023 August 20, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया