सुटआउटमा म्यानचेष्टर सिटीलाई यूईएफए कपको उपाधि

लण्डन । इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

गत सिजन ट्रेबल उपाधि जितेको सिटीले सेभियालाई सुटआउटमा ५–४ ले पराजित गरेको हो । स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले जित हात पारेको छ ।

निर्धारित ९० मिनेटको एक/एकको बराबरीमा सकिएपछि सीधै पेनाल्टी सुटआउट भएको थियो । सुरुवाती ९ प्रहार गोलमा परिणत हुँदा सेभियाका नेमान्जा गुडेको प्रहार बारमा लागेको थियो ।

युसुफ एन नेस्रीले २५औं मिनेटमा गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए । सिटीका कोल पाल्मरले ६३औं मिनेटमा बराबरी गोल फर्काए ।

पेनाल्टीसुटआउटमा सिटीका लागि एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटेओ कोभासिस, ज्याक ग्रिलिस र केल वाल्करले गोल गरेका थिए ।

सेभियाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिक र गोन्जालो मोनिटेलले पेनाल्टीमा गोल गरेका थिए ।

Published : Thursday, 2023 August 17, 9:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया