शक्तिशाली ठूला ‘माछा’ भ्रष्टाचारी ठहर, गैरकानूनी सम्पत्तिमा सफाइ

काठमाडौं । विशेष अदातलले सह–सचिव चुडामणि शर्मासहितका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपियाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ ।

शर्मासहित तीना जनाविरुद्ध गैरकानूनी सम्पत्तिमा सफाइ मिलेको छ । राजश्व चुहावटमा दोषी ठहर गरिएको हो ।

सजाय तोक्नका लागि जेठ २५ मा पेसी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा १ महिनाभित्र सजाय निर्धारण गर्न पेसी तोक्नुपर्ने व्यवस्थाअनुसार त्यो भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताएका छन् ।

सोही मुद्दाका २ अभियुक्तलाई जरिवाना तोकिएको छभने पाँच अभियुक्तले सफाइ पाएका छन् ।

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगमा सदस्यसचिवको हैसियतमा कार्यरत थिए ।

२०७१ सालमा तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर) का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपियाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपियाँ मात्रै असुल गर्ने निर्णय भएको थियो  ।

Published : Thursday, 2023 June 1, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया