शंकर भण्डारीको प्रस्ताव, गणतन्त्रबारे निश्वार्थ भावले विगतको निर्णयको समीक्षा गरौँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गणतन्त्र प्र्राप्त गर्दैगर्दा अब देश समुन्नतिको मार्गमा द्रूतगतिमा अगाडि बढ्छ भन्ने विश्वास व्यक्त गरिएको जनाएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले सोमबार शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालको इतिहाँस, भूराजनीति, संस्कृति र परम्परासंग गणतन्त्र मेल खादैन भन्ने ठूलो जनमत गणतन्त्र घोषणा गर्दाका दिनमा पनि थियो ।’

उनले भने, ‘साच्चै न देशले निकास पाउँछ, भने, मुलुकभन्दा माथि कोही हुँदैन भन्ने मान्यताका साथ गणतन्त्र सबैले स्वीकार गरेको अवस्था थियो ।’

नेता भण्डारीले गणतन्त्र प्राप्तिपछिको उपलब्धिको गम्भीर समीक्षा गर्न आग्रह गरेका छन् । उनले भने, ‘गणतन्त्र प्राप्त पछिको उपलब्धी गम्भीर समीक्षा अब आवश्यक छ । नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ? देश समृद्धिको मार्गमा हिँड्दै छ कि छैन ? सुशासनको प्रत्याभूति भयोकि भएन ? आम नागरिकमा आशा र विकास वृद्धि भयो कि भएन ? देशको अन्तर्राष्ट्रिय हैसियत बढ्यो कि बढेन ? भनेर आफैले आफैलाई प्रश्न गर्न म सबैमा अनुरोध गर्दछु ।’

उनले भने, ‘जुन संकल्पका साथ गणतन्त्र ल्याइएको थियो त्यो उदेश्य हासिल हुने दिशामा हामी गएका छौँ कि छैनौँ ? एक पटक अत्रआत्मलाई सोधौं ।’

कांग्रेस नेता भण्डारीले देशमा लुटतन्त्र मच्चिएको भन्दै चिन्ता पनि जनाएका छन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि धूमिल हुँदै गएको उनले बताएका छन् ।

उनले भने, ‘हामी सबैले एक पटक देशलाई शिरमा राखेर निश्वार्थ भावले विगतको निर्णयको समीक्षा गरौँ भन्ने यस सन्दर्भमा म सबैलाई शुभकामना दिन चाहन्छु ।’

Published : Monday, 2023 May 29, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया