नर्सहरूले उत्पात मच्चाएपछि गिभिनाले माफी मागिन्

काठमाडौं । वीपी कोइराला मेमोरियल अस्पताल, भरतपुर, चितवनमा नर्सहरूसँग भएको विवादका विषयमा गिभिना मगरले माफी मागेकी छिन् ।

गिभिनाले बुधबार साँझ नर्सहरूसँग माफी मागेकी हुन् । उनले आफूबाट भुल भएको बताएकी छिन् । नर्सहरूलाई सम्मान गर्न र नकारात्म कमेन्ट नगर्न गिभिनाले आग्रह गरेकी छिन् ।

वैशाख २८ गते एक बालिकालाई लिएर औषधिका लागि गिभिना अस्पतालमा पुगेकी थिइन् । गिभिनाले २ बजे लगाउनुपर्ने औषधि किन ४ बजे भनेर प्रश्न सोधेकी थिइन् ।

नर्सहरूले उनको प्रश्नपछि अघिल्लो दिन ४ बजे लगाइएका कारण २४ घण्टाको फरकमा लगाउनुपर्ने औषधि सोही समयमा लगाउनुपर्ने बताएका थिए ।

त्यसपछि गिभिनाले कागजमा २ बजे लेखिएको भन्दै थप कुराकानी गरेकी थिइन् । गिभिना र नर्सहरूका बीच केही समय चर्काचर्की भएको थियो ।

गिभिनाले नर्सहरूको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेकी थिइने । भिडियोको नर्सहरूले विरोध गरेर प्रदर्शन समेत गरेका थिए ।

गिभिनाले भनेकी छिन्, ‘जुन घटना नघट्नु थियो त्यो घटनाले हामी सबैलाई दुखी बनाएको छ । सबैलाई दु:खी बनाउने मेरो उद्देश्य पनि थिएन ।’

‘म एउटा सामान्य परिवारको छोरी हो । यहाँ अर्चना बुनुलाई नयाँ जीवन दिन्छु भन्ने सोच लिएर आएको थिएँ’, गिभिनाले भनेकी छिन्, ‘तर त्यहाँ मैले नसोचेको घटना घट्यो जुन हुन हुँदैन थियो ।’

उनले भनेकी छिन्, ‘भरतपुर क्यान्सर अस्पतालमा उपचार हुँदै गर्दा यो घटना घटेको थियो ।’

‘त्यहाँ म्याम र मेरो समस्या उब्जेको थियो । त्यहा मिसअन्डरस्ट्यान्डिङ भएको थियो’, उनले भनेकी छिन्, ‘म पनि भावनामा डुबेर यो औषधि दिने क्रममा टाइमको फरक पर्‍यो भन्ने कुरालाई लिएर हाम्रो समस्या उत्पन्न भएको थियो ।’

‘सबैकुरा मलाई जानकारी नभएको कारणले गर्दा मैले एउटा बिरामीलाई असर पर्ला भन्ने सोचेर त्यो टाइम किन फरक भयो भनेर प्रश्न गरेको थिएँ’, गिभिनाले भनेकी छिन्, ‘त्यही कारणले गर्दा यो समस्या निम्तिएको थियो ।’

‘यसको लागि सायद मान्छेबाटै भुल हुन्छ त्यसै कारणले गर्दा मेरो पनि भुल भएको छ’, उनले भनेकी छिन्, ‘त्यही भुलले गर्दा धेरै जना जो नर्सिङ पेसामा आवद्ध हुनुभएका नर्सहरुलाई धेरै समस्या आएको छ ।’

उनले भनेकी छिन्, ‘त्यो मेरो उद्देश्य र चाहना थिएन । मैले नानुलाई बचाउछु भनेर मात्र आएको थिएँ । तर, एक्कासि थाहै नपाइ यो घटना घट्न पुग्यो ।’

‘यसबाट सम्पूर्ण जतिपनि नर्सिङ पेसामा आवद्ध हुनुहुन्छ उहाँहरूको चरित्र हत्या भएको छ’, उनले भनेकी छिन्, ‘तथानाम गाली पनि गरिएको छ । जुन कुराले नर्सिङ पेसामा आवद्ध हुनुभएको धेरै जनालाई चोट पुगेको छ ।’

‘यो मैले चाहेको थिएन । म आफैं पनि फ्लोरेन्स नाइटिङगेलबाट प्रभावित भएर समाजसेवामा रहेको थिएँ’, गिभिनाले भनेकी छिन्, ‘म आफैंलाई पनि नर्सिङ पेसामा आवद्ध हुन मन थियो ।’

‘तर मेरो आर्थिक अभावले गर्दा त्यो समय मैले पढ्न नपाएको पेसा हो’, उनले भनेकी छिन्, ‘मलाई नर्सिङ पेसा असाध्यै मन पर्छ ।’

उनले भनिन्, ‘तर अहिले मेरो अन्जानमा भएको भुलले गर्दा सम्पूर्ण नर्सिङ पेसामा आवद्ध भएका नर्सहरूलाई समस्या आएको कारणले गर्दा उहाँहरूको काम छ, पेसा छ, त्यसमा प्रश्न आएको कारणले गर्दा सबैलाई दु:खी बनाएको छ ।’

‘आगामी दिनमा यो दु:ख भोग्न नपरोस् उहाँहरूले गरिरहेको पेसामा प्रश्न नउठोस् । कहिलेपनि यो समस्या सिजर्ना नहोस्’, उनले भनेकी छिन् ।

‘मान्छेलाई जन्मदिने बचाउने, भनवान् पछिको डाक्टर नर्स हुनुहुन्छ । त्यसैले कसैले पनि डाक्टर नर्सलाई नकारात्मक रुपमा नलिदिनु होला’, उनले भनेकी छिन्, ‘हामीलाई गाह्रो भयो भने बिरामी पर्‍यो भने हामी जाने भनेको हस्पिटल नै हो ।’

‘त्यसैले मेरो उद्देश्य भनेको उहाँहरुलाई नराम्रो भन्ने नराम्रो बनाउने थिएन । तर, परिस्थितिले यो मोड लियो। जुन गल्ती म बाट भयो आगमी दिनमा मबाट यस्तो गल्ती हुनेछैन’, गिभिनाले भनेकी छिन् ।

‘फेरि पनि म सबैजनालाई दुईहात जोडेर अनुरोध गर्छु जुन उहाँहरूको पेसामा तथानाम गालीहरू भएको छ’, उनले भनेकी छिन्, ‘विभिन्न खालको प्रश्न उठेको छ यो कसैले नगरिदिनुहोला ।’

‘मेरो आफ्नो भुलको कारणले उहाँहरूलाई यस्तो समस्या आएकाले म आफैं दु:खी भएको छु’, उनले भनेकी छिन्, ‘कसैलाई दु:ख दिनु कसैको मनमा चोट पुर्‍याउनु भनेको एक प्रकारको पाप नै हो ।’

‘त्यसैले म बाट यस्तो खालको पाप नहोस् र तपाईहरुबाट पनि यस्तो खालको पाप नहोस्’, गिभिनाले भनेकी छिन्, ‘मैले जतिजनाको मन दुखाएको छु । नर्सिङ पेसामा जतिपनि आवद्ध हुनुहन्छ ।’

‘जसको पेसामा दाग लाग्ने काम भएको छ । यसको लागि म क्षमा माग्दै यहाँहरु सबैलाई म अनुरोध गर्छु नर्सिङ पेसालाई सम्मान गर्नुस्’, उनले भनेकी छिन् ।

‘भरतपुर क्यान्सर अस्पताल पहिला देखि नै सुन्दै आएको हो । असाध्यै राम्रो हस्पिटल’, उनले भने, ‘जहाँनेर धेरैजना बिरामी त्यहाँ गयो भने सन्चो हुन्छ भनेर आउनुहुन्छ ।’

‘मेरो जतिपनि फलोअर्स हुनुहुन्छ हजुरहरुले जथाभावी अनैतिक खालको कमेन्ट नगरिदिनुहोला र उहाँहरुको पनि आफ्नो सम्मान इज्जत छ’, उनले भनेकी छिन्, ‘डाक्टर नर्स हामी बिरामीलाई चाहिन्छ ।’

‘डाक्टर नर्सलाई पनि बिरामी चाहिन्छ त्यसैले हामी सबै एकअर्काको परिपुरक हौं । त्यसैले कसैलाई नराम्रो नभनिदिनु होला’, गिभिनाले भनेकी छिन् ।

Published : Thursday, 2023 May 25, 9:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया