पल शाह प्रकरणमा परेका दुर्गेश थापाले साथीलाई कुटे

काठमाडौं । कलाकार दुर्गेश थापाले आफ्नै साथीलाई कुटेपछि प्रहरीमा उजुरी परेको छ ।

रिदम क्षेत्रीले थापाविरूद्ध प्रहरीमा उजुरी दिएका हुन् । पिकनिकमा थापासहित तीन जनाले क्षेत्रीलाई कुटपिट गरेको अभियोग लागेको छ ।

कलाकार थापाविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जन भट्टले बताएका छन् ।

उनीविरूद्ध आइतबार ठाडो निवेदन परेको छ । साथीभाइबीच पिकनिकमा जाँदा दुर्गेश थापाले कुटेको भन्दै उजुरी परेको भट्टले बताएका छन् ।

थापा र क्षेत्री दुबै पक्षलाई फोन गरी बोलाएको डीएसपी भट्टले बताएका छन् । दुबै पक्षलाई मंगलबार महाराजगञ्जमा बोलाएर छलफल गर्ने प्रहरीको तयारी छ ।

कलाकार थापा बेलाबेला विवादमा आइरहने व्यक्ति हुन् । थापा अभिनेता पल शाहको प्रकरणमा पनि मुछिएका थिए ।

Published : Monday, 2023 March 27, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया