प्रचण्डले माओवादीमा दुई उपाध्यक्ष थपे

काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाएका छन् ।

उपाध्यक्षमा मनोनीत भएका सापकोटा पूर्वसभामुख हुन् । सापकोटाविरुद्ध सर्वोच्च अदालतमा हत्याको मुद्धा चलिरहेको छ ।

दाहालले पम्फा भुसाललाई पनि उपाध्यक्षमा मनोनीत गरेका छन् । भुसाल यसअघि माओवादीको उप–महासचिव थिइन् ।

सापकोटा र भुसाललाई उपाध्यक्षमा दाहालले मनोनीत गरेपछि मओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ ।

नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष छन् ।

Published : Wednesday, 2023 February 8, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया