त्रिशुलीमा २९ वर्षीया महिलाको शव, बर्दियाको बलात्कार काण्डमा शाह पक्राउ

गुलरिया । प्रहरीले बर्दियामा जबरजस्ती करणी मुद्दाका फरार प्रकाश शाहलाई पक्राउ गरेको छ ।

ठाकुरबाबा नगरपालिका–३ बस्ने शाहलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला अदालत बर्दिया गुलरियाको २०५६ असार १३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय ठहर भएपछि शाह फरार रहेका थिए ।

फरार रहेका शाहलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले ठाकुरबाबा नगरपालिका–०१ भुरिगाउँबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय गुलरिया बर्दिया पठाइएको छ ।

यता, रोल्पाको त्रिवेणी गाउँपालिका–६ पिमाखुस्थित खोल्साबाट भरूवा बन्दुक १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जुंगारबाट खटिएको गस्ती टोलीले खोल्सामा प्लास्टिकको बोरामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यता, चितवनको भरतपुर महानगरपालिका–२९ स्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकीअन्दाजी २९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी, पाँचथरको फालेलुङ गाउँपालिका–३ भञ्ज्याङ डेरा गरी बस्ने सोही गाउँपालिका–७ पापुन्दिन घर भएकी ६१ वर्षीया बिबरानी आङबोभञ्ज्याङस्थित पानीको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

अर्घाखँचीको शीतगंगा नगरपालिका–९ ठाडाखोला बस्ने ५५ वर्षीय वीरबहादुर खत्री आफ्नो घर नजिकै सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको घोराही उप–महानगरपालिका–१८ गोदावरी टोल बस्ने टेकबीर घर्तीको घरमा सोही उप–महानगरपालिका–१४ आनन्द टोल बस्ने २६ वर्षीय बिक्रम पुन बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार राति खाना खाई सुतेका उनी बिहान मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले मृतकसँगै सुतेका १ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।

Published : Wednesday, 2023 January 25, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया