यी हुन् नेपाल एयरलाइन्सका अटेरी पाइलटहरू, मन्त्री किराँतीद्वारा कारबाही

काठमाडौं । सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नेवित्तिकै नेपाल एयरलाईन्सका ५ जना अटेरी पाइलटहरूलाई कारबाही भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह, उद्धव घिमिरे, वाईबी ज्वार्चन र प्रसन्न रानालाई कारबाहीका लागि सिफारिस भएको छ ।

मन्त्री किराँतीले गलत कार्य गर्ने कर्मचारीहरूलाई विरुद्ध कडा नीति लिएकै बेला निगम डुबाउन हर्कत गर्ने ५ पाइलटहरू कारबाहीमा परेका छन् ।

एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसूरमा निगमका ५ जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

काठमाडौंबाट हङकङ उडानको जहाजका तीन जना र काठमाडौंबाट जापान उडानको जहाजमा रहेका दुई जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको छ ।

हङकङ उडेको जहाजका पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई एटीसीको निर्देशन पालना गरेका थिएनन् ।

जापान उडेको जहाजमा रहेका वाईपी ज्वार्चन र प्रसन्न रानाले पनि एटीसीको निर्देशन पालना गरेका थिएनन् ।

प्राधिकरणको निर्देशन निगम र पाइलटहरूले पूर्णरुपमा पालना गर्नुपर्छ । प्राधिकरणको निर्देशनसँगै निगमका ५ जना पाइलटले जहाज उडाउन पाउँदैनन् । मन्त्री किराँतीले प्राधिकरण र निगमभित्र सुधारको प्रयास गरेका छन् ।

कारबाहीमा परेका पाइलटहरूले नै निगमका डूबाउन ठूलो भूमिका खेलेको आरोप छ । यी पाइलटहरूले निगमभित्र बबण्डर मच्चाएर घाटाको कार्य गर्दै आएको आरोप लागेका बेला मन्त्री किराँतीको कदमले सुधारको संकेट देखिएको छ ।

Published : Monday, 2023 January 23, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया