एमालेका सुवास नेम्वाङको चुरीफुरी यस कारण अन्त्य हुन सक्छ

काठमाडौं । नेपाली कांग्रेस इलामका सभापति समेत रहेका प्रतिनिधि सभाका पराजित उम्मेदवार डम्बर खड्काले पुनः मतगणनाको माग गरेर सर्वोच्च अदालतको संवैधानिक ईजलासमा मुद्दा दर्ता गराएका छन् ।

बुधबार खड्काले इलाम २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

खड्काले एमाले उम्मेदवार सुवास नेम्वाङले धाँधली गरेर निर्वाचन जितेको दावी गरेका छन् ।

सर्वोच्चले संवैधानिक इजलासमा पछि पेशी तोकिने गरी उजुरी दर्ता भएको जानकारी दिएको छ ।

उजुरी पत्रमा मतपत्र गणना नगरिएको, हस्ताक्षर नभएका मतपत्र छलफल नगरी रद्द गरिएको, कतिपय स्थानमा कांग्रेसका प्रतिनिधि बिना नै मतगणना गरी धाँधली गरेर निर्वाचन जितेको आरोप लगाइएको छ ।

इलाम २ मा ११४ मतको अन्तरले नेम्बाङ विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार एमालेका नेम्बाङले ३० हजार २० मत पाएका छन् । कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाएका छन् ।

कांग्रेसका खड्काको मागअनुसार पुनः मतगणना भएमा एमालेका उम्मेदवार नेम्वाङको जित उल्टिन सक्ने कांग्रेस इलामका नेताहरूको भनाइ छ ।

Published : Wednesday, 2022 December 7, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया