तिहारको मौकामा तौलिहवामा पाण्डेको घरदैलो, कांग्रेसको पक्षमा माहोल

तौलिहवा । नेपाली कांग्रेसका नेता एवम् कपिलवस्तु क्षेत्र नं. २ प्रदेश सभा २ तर्फ उम्मेदवार बनेका सुधाकर पाण्डेले तिहारका बेला पनि चुनावी प्रचार र घरदैलो अभियान चलाएका छन् ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य अतहर कमाल मुसलमानका साथै जिल्ला नेता, कार्यकर्ताका साथ पाण्डेले तौलिहवा बजारमा घरदैलो अभियान चलाएका हुन् ।

घरदैलो अभियानका क्रममा कांग्रेस नेता एवम् उम्मेदवार पाण्डेले सत्तागठबन्धनका उम्मेदवारका लागि मत मागेका छन् । उनले आफू प्रदेश सभातर्फ उम्मेदवार बनेका कारण सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपील गरे ।

पूर्वसांसद समेत रहेका नेता मुसलमानले पनि सत्तागठबन्धनलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् । नेता मुसलमानलाई कपिलवस्तु कांग्रेसले निर्वाचन परिचालनको संयोजक बनाएको छ । मुसलमानले कांग्रेसका उम्मेदवारका साथै सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन रणनीति बनाउने र नेता कार्यकर्ता परिचालन गर्नेछन् ।

उम्मेदवार पाण्डेले तिहारको समयमा मतदाताहरुलाई घरमै भेटाउन सकिने भएपछि बिहानैदेखि घरघरमा पुगेर आफूलाई र सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गर्ने गरेका छन् ।

सत्तागठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ बाट माओवादी केन्द्रका नेता चन्द्रप्रकाश खनालले उम्मेदवारी दिएका छन् ।

Published : Thursday, 2022 October 27, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया