लुम्बिनी कांग्रेसका उप-सभापति खनालद्वारा सत्तागठबन्धनका लागि चौघेरामा प्रचार

घोराही । नेपाली कांग्रेसबाट दाङ–२ ‘१’मा प्रदेश सभातर्फ उम्मेदवारी दिएका नेता राजु खनालले आफ्नो प्रचार प्रसारलाई निरन्तरता दिइरहेका छन् ।
लुम्बिनी कांग्रेसका उप–सभापति समेत रहेका खनालले सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।
बुधबार घोराही उप–महानगरपालिका–१७ को चौघेरा आसपासका गाउँ र टोलहरूमा सत्तागठबन्धनलाई मतदान गर्न मतदाताहरूसँग आग्रह गरेका हुन् ।
वडा नं. १७ का कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूसँग भेट गरेर खनालले मतदान गर्न अपील गरेका छन् ।
दाङ–२ बाट प्रतिनिधि सभातर्फ माओवादी केन्द्रकी नेतृ रेखा शर्मा उम्मेदवार छिन् । दाङ–२ ‘२’ प्रदेश सभातर्फ कांग्रेसका नेता प्रचण्डबिक्रम न्यौपानेले उम्मेदवारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया