निकै कमजोर नेताले पाए कांग्रेस हाँक्ने जिम्मेवारी, खुमबहादुरकी पत्नी पनि परिन्

काठमाडौं । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान ११० सदस्यीय प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति गठन गरेका हुन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार देउवाले मंसिर–४ गते हुने निर्वाचनका लागि श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेका हुन् ।

श्रेष्ठ कांग्रेसभित्र कमाण्ड गर्न नसक्ने कमजोर क्षमताका नेताका रुपमा परिचित छन् ।

संगठन विभागको प्रमुख भएका बेला श्रेष्ठले माखो पनि मार्न सकेका थिएन ।

श्रेष्ठ आदिवासी जनजातीको समानुपातिक सूचीमा पहिलो नम्बरमा छन् । कांग्रेसभित्र सबैभन्दा धेरै अवसर लिने नेताका रुपमा श्रेष्ठ मानिन्छन् ।

समितिको सदस्यमा स्व.खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का पनि परेकी छिन् । शर्मा कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् । तर, उनी कांग्रेसमा निकै कम सक्रिय छिन् ।

Published : Sunday, 2022 October 16, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया