कैलालीमा कांग्रेसको निर्मम निर्णय

काठमाडौं । नेपाली कांग्रेस कैलालीले सत्तागठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरेको छ ।

कांग्रेस जिल्ला कार्यसमिति कैलालीले बागी उम्मेदवार दिने ६ जना उम्मेदवार र तीनका प्रस्तावक, समर्थकलाई समेत ५ वर्ष साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

कारबाही पर्नेमा कैलाली–३ मा उम्मेदवारी दिएका नवीनकुमार बोहरा, २ ‘२’ मा भरतकुमार शाही, ३ ‘२’का गोविन्दराज जोशी, ३ ‘२’का लक्ष्मण शाही र ४ ‘२’की भगवती पाठक ओझालाई कांग्रेसले कारबाही गरेको छ ।

उम्मेदवारसहित तीनका प्रस्तावक समर्थक गरेर १० जना कांग्रेसको कारबाहीमा परेका हुन् ।

भरतकुमार शाहीका समर्थक कमलकुमार बिक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि निष्काशित भएका छन् ।

कैलाली–५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि कांग्रेसले कारबाही गरेको छ ।

Published : Sunday, 2022 October 16, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया