सर्वोच्चको शक्तिशाली आदेश, सबैलाई बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिट खारेज गरिदिएको छ ।

आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिट खारेज गरेको हो ।

अधिवक्ता अनिल आचार्यले ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न दायर गरेका थिए ।

विजयकुमार गच्छादार, प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेकबहादुर गुरुङ, लक्ष्मी महतो, युद्धविक्रम तामाङ र रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न बिहीबार रिट दायर भएको थियो ।

नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा (एमाले) छाडेका स्वतन्त्र उम्मेदवार प्रभु साहसहित प्रतिनिधि सभा र प्रदेश सभाका ९ उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा परेको थियो ।

काठमाडौंका अनिल आचार्यसहितले निर्वाचन आयोगसहित उम्मेदवारहरूविरुद्ध रिट हालेका थिए ।

रिट खारेज गरिदिएसँगै गच्छदारलाई सुनसरी–३ र साहलाई रौतहट–३ मा चुनावी प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

गच्छदार, मनाङका कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ, तनहुँ–१ का स्वतन्त्र गोविन्दराज जोशी र रौतहट–३ का स्वतन्त्र उम्मेदवार प्रभु साहको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो ।

चितवन–२ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा–१ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक–१ ‘क’का एमाले उम्मेदवार डिबी तामाङ भन्ने युद्धविक्रम तामाङ, महोत्तरी–१ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा–५ ‘ख’का माओवादी उम्मेदवार गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी पनि खारेज गर्न माग गरिएको थियो । उनीहरू सबै अब प्रतिस्पर्धा गर्न बाटो खुलेको छ ।

Published : Sunday, 2022 October 16, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया