काठमाडौंका १० क्षेत्रमा एमालेका यी हुन् सम्भावित उम्मेदवार, फेक ईन्काउन्टरवालाको पनि दाबी

काठमाडौं । निकै कमजोर अवस्थामा पुगेको एमालेले काठमाडौंमा कसलाई टिकट दिने भनेर गृहकार्य गरिरहेको छ ।

अध्यक्ष खड्गप्रसाद ओलीले आफू निकटका नेताहरुलाई टिकट दिएर स्थापित गर्ने योजनामा छन् ।

काठमाडौंको क्षेत्र नं. १ मा किरण पौडेल र रूपनारायण श्रेष्ठको नाम चर्चामा छ ।

काठमाडौंको क्षेत्र नम्बर २ मा एमालेले मणिराम फुयाँललाई टिकट दिने अन्तिम तयारी गरेको छ । यो क्षेत्रमा अर्को कुनै ठूलो गडबडी भएन भने फुयाँलले नै टिकट पाउनेछन् ।

काठमाडौं क्षेत्र नम्बर ३मा कृष्ण राई, क्षेत्र नम्बर ४ मा डा.राजन भट्टराई, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले टिकट पाउने पक्का छ ।

काठमाडौंको क्षेत्र नम्बर ६ मा योगेन्द्र संग्रौला, अनीष मास्के र सर्वेन्द्र खनालले टिकटमा दाबी गरेका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल भरखरै एमालेमा प्रवेश गरेका हुन् ।

खनाललाई सांसद अपहरणदेखि सर्लाहीमा फेक ईन्काउन्टरको आरोप लागेको छ । सर्लाहीको फेक ईन्काउन्टरका विषयमा खनाललाई सहितलाई पक्राउ गरेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।

काठमाडौंको क्षेत्र नम्बर ७ मा विद्यासुन्दर शाक्यको नाम चर्चामा छ ।

काठमाडौं क्षेत्र नम्बर ८ मा अष्टलक्ष्मी शाक्य र राजेश शाक्यको नाम चर्चामा छ ।

नेतृ शाक्यले निर्वाचनमा प्रतिस्पर्धा गर्न रुचि देखाएकी छैनिन् । अध्यक्ष ओलीले अन्तरघात गरेर हराइदिन सक्ने भएका कारण शाक्यले निर्वाचन लड्न मन गरेकी छैनिन् । शाक्यलाई उम्मेदवार बन्न ओली समूहले दवाव दिइरहेको छ ।

काठमाडौंको क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठको नाम चर्चामा छ ।

काठमाडौंको क्षेत्र नम्बर १० मा रमेश महर्जन र सुरेन्द्र मानन्धरको नाम चर्चामा छ ।

Published : Wednesday, 2022 October 5, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया