यी हुन् प्रतिनिधि सभामा टिकट पक्का रहेका कांग्रेसका नेताहरु

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्षमा टिकट वितरणको गृहकार्य शुरु गरेको छ ।

कांग्रेसले सोमबारदेखि प्रत्यक्षको टिकटको गृहकार्य शुरु गरेको हो । कांग्रेसबाट प्रत्यक्षमा टिकट पाउनेमा स्वयं सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, नेता रामहरि खतिवडा लगायत पर्छन् ।

सभापति देउवा डडेलधुराबाट उम्मेदवार बन्ने पक्का छ । देउवाको जित पनि लगभग सुनिश्चित नै छ । देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यको उमेदवार बन्ने तयारी छ । पौडेल २०४८ सालदेखि क्षेत्र नं. १ बाट उम्मेलवार बन्दै आएका छन् । २०७४ सालको निर्वाचनमा पौडेल पराजित भएका थिए ।

उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं. १, उपसभापति धनराज गुरुङ स्याङजाको क्षेत्र नम्बर २ मा पहिलो पटक चुनाव लड्न जाने तयारीमा छन् । गुरुङले टिकट पाउने पक्का जस्तै छ ।

महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बन्नेछन् । यो क्षेत्रबाट थापाले ३ पटक प्रतिनिधि सभामा जितेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले झापाको क्षेत्र नम्बर १ बाट उमेदवार बन्ने तयारी गरेका छन् ।

सहमहामन्त्री भीष्मराज आङदम्बे पाँचथरबाट उम्मेदवार बन्ने तयारी गरेका छन् । सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रत्यक्षमा उमेदवारी दिएर पहिलो पटक चुनाव लड्ने तयारी गरेका छन् ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनेछिन् ।

नेता कृष्णप्रसाद सिटौलाको टिकट पनि झापा क्षेत्र नम्बर ३ बाट निश्चित छ । नेता शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६, दीपक खड्का संखुवासभा, सीता गुरुङ, तेह्रथुम, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, डा.नारायण खड्का उदयपुर २, रामहरि खतिवडा ओखलढुंगाबाट, तेजुलाल चौधरी सप्तरी क्षेत्र नम्बर ४ बाट, मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने निश्चित छ ।

चित्रलेखा यादव सिरहा क्षेत्र नम्बर १ वा २ बाट, किरण यादव महोत्तरी २ बाट, अजय चौरासिया पर्सा क्षेत्र नं. ३ बाट, डा. शशांक कोइराला नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट, टेकबहादुर गुरुङ मनाङबाट टिकट पाएर उम्मेदवार बन्ने पक्का छ ।

बालकृष्ण खाण रूपन्देही क्षेत्र नं. ३ बाट, भरत शाह रुपन्देहीको क्षेत्र नम्बर ५ बाट, प्रमोद यादव रुपन्देही क्षेत्र नम्बर–४ बाट, कपिलवस्तु ३ बाट अभिषेकप्रताप शाह, दाङ क्षेत्र नं. ३ बाट दीपक गिरी, किशोरसिंह राठौर बाँकेको एउटा क्षेत्रबाट, देवेन्द्रराज कंडेल नवलपरासी पश्चिमको क्षेत्र नमबर २ बाट सन्जय गौतम बर्दिया १ बाट, प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं. १ बाट चुनावमा प्रतिस्पर्धा गर्ने पक्का जस्तैछ ।

राजन केसी काठमाडौंको क्षेत्र नं. १० बाट, उदयशम्शेर राणा ललितपुरको क्षेत्र नं. १ बाट, मोहन आचार्य रसुवाबाट, ह्दयराम थानी सुर्खेत क्षेत्र नम्बर २ बाट, एनपी साउद कञ्चनपुर २ बाट, रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट, रामजनम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट, दिलेन्द्रप्रसाद बडु दार्चुलाबाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।

Published : Tuesday, 2022 October 4, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया