खेलकुदका हस्ती महर्जन सम्मानित, कांग्रेस नेता राणाद्वारा प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन सम्मानित भएका छन् ।

पूर्वअन्तर्राष्ट्रिय खेलाडी समेत रहेका महर्जन खेलकुद जगतका हस्ती मानिन्छन् । उनी युवाहरूका माझ निकै लोकप्रिय व्यक्तित्व हुन् ।

गोदावरी नगरपालिका– ६ र जनचेतना युवा क्लबको संयुक्त रुपमा आयोजना गरिएको ललितपुर जिल्लाब्यापी खुल्ला फुटबल प्रतियोगितामा खेलकुदमा विशेष योगदान पुर्‍याएबापत नेता महर्जनलाई कदर पत्रसहित सम्मान गरिएको छ ।

राजनीति र सामाजिक क्षेत्रमा नेता महर्जन ललितपुरमा चर्चित छन् ।

फुटबल प्रतियोगिताको उद्घाटन कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणाले गरेका छन् ।

प्रमुख अतिथि राणाले नेता महर्जनको प्रशंसा गरेका थिए ।

अब बन्ने कांग्रेसको सरकारले खेलकुदलाई पहिलो प्राथमिकता राख्न आफूले पहल गर्ने नेता राणाले बताएका छन् ।

राणाले खेलाडीहरूको जीवनस्तर उन्नतिको लागि आफू लागि पर्ने समेत बताएका छन् ।

विशेष अतिथि ललितपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष विनोद महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेब फुयाल, नेपाली कांग्रेस ललितपुर– १ का सभापति सुन्दरमान थिङ वडाध्यक्ष विष्णुमान महर्जन रहेको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सभापतित्व क्बबका अध्यक्ष चन्द्रबहादुर तामाङले गरेका थिए ।

प्रतियोगिता संचालन नेपाली कांग्रेस महाअधिबेश प्रतिनिधि उमेशमेहेर कायस्थले गरेका थिए ।

प्रतियोगितामा ३२ वटा टीमको सहभागिता रहेका थियो ।

पहिलो खेलमा गोदावरी नगरपालिका ज्ञानकुन्ज क्लब लेलेले कोन्ज्योसोम गाउँपालिका भारदेउ क्ल्बलाई १ काविरुद्ध ८ गोलले पराजित गरेको छ ।

Published : Sunday, 2022 September 25, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया