भण्डारीविरुद्ध तरुण दलसहितका युवाहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । नेपाल तरुण दलसहित तीन युवा संस्थाहरूले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

काठमाडौंमा बुधबार बसेको तरुण दल, युवा संघ नेपाल र योङ कम्युनिस्ट लिग नेपालका केन्द्रीय अध्यक्षहरूको बैठकले बिहीबार दिउँसो २ बजे काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङका अनुसार बिहीबार असार ६ गते दिउँसो २ बजे काठमाडौंको माइतीघर मण्डलामा भण्डारीविरुद्ध प्रदर्शन गरिनेछ ।

संसदले दुई पटक पारित गरेर नागरिकता विद्येयकलाई पठाउँदा पनि राष्ट्रपति भण्डारीले एमालेको उक्साहटमा जारी गर्न अस्वीकार गरेको आरोप तीन युवा संस्थाका अध्यक्षहरूको आरोप छ ।

विज्ञप्तिमा तरुण अध्यक्ष विद्वान गुरुङ, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही र योङ कम्युनिस्ट लिग नेपालका अध्यक्ष सुवोधराज सेपाइलीले हस्ताक्षर गरेका छन् ।

Published : Wednesday, 2022 September 21, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया