अभिनेत्रीलाई अश्लील फिल्म खेल्न ८० लाख डलर प्रस्ताव

लसएञ्जलस । जेन्स मोडल्स नामक अडल्ट फिल्म कम्पनीले अमेरिकी अभिनेत्री एम्बर हर्डलाई अश्लील फिल्म खेल्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ‘एक्स–रेटेड’ मुभीको लागि हर्डलाई प्रस्ताव गरेको समाचारमा उल्लेख छ ।
अभिनेत्री हर्डले आफ्ना पूर्वपति जोनी डेपसँगको मुद्दा हारेकी थिइन् । त्यसको केही समयपछि अश्लील फिल्म खेल्न प्रस्ताव आएको छ ।
अदालतले उनले १ करोड ३ लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ । उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएकी छिन् ।
जेन्स मोल्डल्सले भने हर्डलाई पूर्वपतिलाई तिर्नुपर्ने ऋण पनि तिरिदिने प्रस्ताव गरेको छ ।
अश्लील वेबसाइटले उनलाई संकटको समयमा ८० लाख डलर पारिश्रमिक दिने प्रस्ताव गरेको छ । त्यसका अलावा थप १० लाख डलर एसीएलयू एण्ड चिल्ड्रेन्स हस्पिटलका लागि दिने कम्पनीले जनाएको छ ।
कम्पनीले यो प्रस्तावले उनको व्यक्तिगत आर्थिक समस्या पनि समाधान हुने विश्वास व्यक्त गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया