कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रमका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा तथा कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरूलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन् ।

उनीहरूले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न पाउनेछन् ।

‘यो विषयलाई आयोगले गम्भीरतापूवक लिएको छ’, थपलियाले भने, ‘सम्भवत यो माग पूरा हुन्छ, हामी यसलाई व्यवस्थापन गर्ने तयारीमा छौं ।’

स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् ।

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेको छ । सो निर्वाचनमा उनीहरूले पनि मतदान गर्नेगरी तयारी भइरहेको हो ।

Published : Thursday, 2022 August 4, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया