देउवाले ल्याइदिए सबैलाई शक्तिशाली खुशीयाली, ओली पनि मख्ख

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मंसिर ४ गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन एकैचरणमा हुनेछ ।

सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोग सबै ढंगले तयार रहेको बताएका छन् ।

उनले कानूनबमोजिम १२० दिनको निर्वाचन अवधि माग गरिएको भए पनि आयोगको परामर्शमै सरकारले निर्वाचनको मिति तोकेको बताए ।

व्यक्तिगत स्वार्थमा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदलाई दुई पटक विघटन गरेका थिए । नेपाली कांग्रेससहितका गठबन्धनका दलहरूले संसदलाई न्यायालयबाट बचाएर राखेका छन् ।

Published : Thursday, 2022 August 4, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया