भुवन केसीले कांग्रेसलाई मन–मुटुमा राखे, संघले दियो शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल साँस्कृतिक संघले भवन केसीलाई बधाई दिएको छ ।
नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका अभिनेता केसीलाई संघले शुभकामना तथा बधाई दिएको हो ।
संघका अध्यक्ष तीथबहादुर थापासहितका पदाधिकारी, केन्द्रीय सदस्यहरूसहितले विशेष कार्यक्रम गरेर बधाई दिएका हुन् ।
अध्यक्ष थापाले केसीलाई बोर्डको अध्यक्षमा सरकारले नियुक्त गरेकोमा बधाई र शुभकामना गरेका छन् ।
संघका अध्यक्ष थापाले विकास बोर्डमा रहेका बेला नेपाली चलचित्र क्षेत्रको विकासमा काम गर्न आग्रह गरेका छन् ।
अभिनेता केसी यसअघि एमालेमा थिए । एमाले छाडेर कांग्रेसमा प्रवेश गर्नेवित्तिकै कांग्रेस नेतृत्वको सरकारले केसीलाई बोर्डको अध्यक्ष बनाएको छ ।
अध्यक्षको दौडमा एक दर्जन कलाकर्मी थिए । उनीहरू सबैलाई पछाडि पारेर केसीले अध्यक्ष पाएका छन् ।
अरु कलाकार जस्तो अभिनेता केसी छैनन् । केसी निकै लोकप्रिय अभिनेता हुन् ।
केसीलाई अध्यक्षमा नियुक्त गरेपछि असन्तुष्ट सानो समूहले विरोध र आलोचना पनि गरेको थियो ।
अध्यक्ष केसीलाई शुभकामना दिन संघका अध्यक्ष तीर्थबहादुर थापा, महासचिव शिवशंकर रिजाल, केन्द्रीय सदस्य अर्जुन गिरी, मनोज केसीसहितका पदाधिकारी र कलाकारहरू गएका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया