ओलीसँग गृह मन्त्री र कानून मन्त्रीद्वारा भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय व्यवस्था मामिलामन्त्री गोविन्दप्रसाद शर्माले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेट गरेका छन् ।

शुक्रबार भक्तपुरको बालकोटस्थित निवासमा पुगेर खाण र शर्माले ओलीलाई भेट गरेका हुन् ।

ओलीसँगको भेटमा मन्त्रीद्वय खाण र शर्मा नागरिकता विधेयकबारे छलफल गरेको बुझिएको छ ।

सरकारले चालु अधिवेशनमा नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ ।

Published : Friday, 2022 June 17, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया