रामहरि खतिवडाको जिल्लामा एमालेले बीउ जोगाउन सकेन, चकित परे यज्ञ सुनुवार

सिद्दिचरण । जिल्ला समन्वय समिति ओखलढुंगाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचिन प्रक्रियामा कांग्रेसबाट प्रमुखमा उम्मेदवारी दिएका डिल्लीराम खनाल नेतृत्वको प्यान सर्वसम्मत भएको हो ।

उप–प्रमुखमा तारादेवी कार्की सर्वसम्मत भएकी छिन् । कांग्रेसका ९ जना उम्मेदवारहरू सर्वसम्मत भएपछि एमाले चकित परेको छ ।

सदस्यहरूमा गोपालमान थापा, बद्रीविक्रम कार्की, भीमकुमार गौतम, भीमकुमारी कामी, भीमकुमारी कटुवाल खत्री, मैया सुनुवार र राजाबाबु किराँती सर्वसम्मत भएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको गृहजिल्ला ओखलढुंगामा कांग्रेसले बहुमत स्थानीय तहमा जितेको छ ।

नेता खतिवडाको रणनीति र निर्देशन तथा जिल्ला सभापति तेजेन्द्र खनालको प्रयासमा कांग्रेसले ओखलढुंगामा एमालेलाई साफ बनाएर जितेको थियो ।

कांग्रेसले ओखलढुंगामा जितेपछि एमालेका नेता एवम् सांसद यज्ञराज सुनुवारसहितका नेताहरू जिल परेका छन् ।

ओखलढुंगामा लज्जास्पद हार हुने भएपछि एमाले, माओवादीसहितका दलहरूले जिससको प्रमुख, उप–प्रमुख र सदस्यहरूमा उम्मेदवारी दिनै सकेनन् ।

ओखलढंगाको जिससमा एमालेसहितका दलहरूको बीउ पनि नरहने गरेर कांग्रेसले साफ बनाएको छ ।

स्थानीय तहको मेयर र उप–मेयर, तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने जिससका लागि कांग्रेसको तर्फबाट नौ जना मतदाता छन् ।

एक नगरपालिकासहित ७ गाउँपालिकाबाट १६ जना मतदातामध्ये कांग्रेस एक्लैको नौ जना मतदाता रहेका छन् ।

जिससमा एमालेका पाँच, माओवादी केन्द्र र जनता समाजवादीबाट एक–एक जना मतदाता छन् ।

कांग्रेसले मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको छ ।

सिद्धिचरण नगरपालिकामा मेयर, खिजिदेम्बामा उपाध्यक्ष, चिशंखुगढीमा उपाध्यक्ष, लिखुमा अध्यक्ष र चम्पादेवी गाउँपालिकामा अध्यक्ष पदमा कांग्रेसले जितेको छ ।

एमाललेले मोलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै तथा लिखुमा उपाध्यक्ष, चम्पादेवी गाउँपालिकामा उपाध्यक्ष र सिद्धिचरण नगरपालिकामा उप–मेयर जितेको छ ।

माओवादी केन्द्रले चिशंखुगढीको अध्यक्ष र जनता समाजवादी पार्टीले खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

ओखलढुंगामा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको एकल बहुमत रहेको ओखलढुंगा कांग्रेसका सभापति खनालले बताएका छन् ।

२०७४ सालमा पनि ओखलढुंगामा कांग्रेस एक्लैले जिसस गठन गरेको थियो । जिल्लाका ७५ वडामध्ये कांग्रेस ४५, एमाले २०, माओवादी केन्द्र ८ र जनता समाजवादी पार्टीले दुई वडा जितेका छन् ।

Published : Sunday, 2022 June 12, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया