धनकुटमा एमाललाई भित्तमा पुर्‍याएपछि के भन्छन् कांग्रेस नेता थापा ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटा जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिएका छन् ।

मंगलबार नेता थापाले प्रेस नोट जारी गरेर कार्यकालको शुभकामना दिएका हुन् । उनले भने, ‘अब हामीले जसरी स्थानीय तहमा एमालेको ३० वर्षदेखिको दबदबा तोड्न सफल भयौं । तपाईंहरूको माया, पार्टीप्रतिको लगावको उच्च मूल्यङ्कन गर्दै मेरो सम्पूर्ण समय धनकुटाको विकासमा समर्पित हुने विश्वास पनि दिलाउन चाहन्छु ।’

उनले स्थानीय तह निर्वाचनमा धनकुटा जिल्लाबाट पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई चुनावी अभियानमा अहोरात्र खटेर गठबन्धनका साथीहरूलाई जिताउन सहयोग गरेका सबैलाई धन्यावाद दिएका छन् ।

‘कर्मले तपाईहरू जनप्रतिनिधी निर्वाचित भएतापनि धर्मले जनताको सेवक भएकोले विगतमा एमालेले गरे जस्तो कुनै पनि पार्टी र व्यक्ति र समूह नहेरी हाम्रो पार्टीको सदाचार नीतिलाई लिएर चुनावमा तपाईंहरूले गरेका बाचा पूरा गर्न लाग्नुहुनेछ भन्नेमा म ढुक्क छु’, नेता थापाले भनेका छन् ।

धनकुटा जिल्लामा यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसको शानदार जित भएको छ ।

अहँकारी एमालेलाई कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनमार्फत नेता थापाले साइजमा ल्याइदिएका छन् ।

Published : Tuesday, 2022 May 24, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया