गण्डकी प्रहरीद्वारा एसपी ज्ञवालीसहित १३ जनालाई नगद पुरस्कार प्रदान

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालयले १३ जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरेको छ ।

उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको भन्दै गण्डकी प्रहरीले जिल्ला ईञ्चार्जसहितका प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा जिप्रका कास्कीका एसपी रमेश थापा, जिप्रका नवलपुरका एसपी प्रज्वल महर्जन, जिप्रका तनहुँका एसपी राजेन्द्रबाबु रेग्मी, जिप्रका बाग्लुङका एसपी दयानिधि ज्ञवाली, जिप्रका स्याङजाका एसपी राजिवबहादुर बस्नेत रहेका छन् ।

गण्डकी प्रदेश प्रहरीले नगद १५ सय रुपियाँदेखि १३ सय रुपियाँसम्म नगद पुरस्कार प्रदान गरेको छ ।

Published : Tuesday, 2022 May 24, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया