जितजंग बस्नेतले आफ्नो वडा बचाए, सन्तोषको शानदार जित

जावलाखेल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतको वडामा कांग्रेसको प्यानलनै विजयी भएको छ ।

ललितपुर महानगरपालिकाको वडा नं. ४ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सन्तोष खड्का विजयी भएका छन् ।

सदस्यहरू सुनिलकुमार राना, श्रद्धा थापा मगर र मुना मंग्राती विजयी भएको ललितपुर कांग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्य बस्नेतले नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरूलाई बधाई दिएका छन् । उनले कार्यकालको शुभकामना पनि दिएका छन् ।

ललितपुर महानगरमा २९ वटा वडा छन् । मेयरमा कांग्रेसबाट चिरिबाबु महर्जन निकै अगाडि छन् ।

Published : Wednesday, 2022 May 18, 9:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया