डोल्पाको ठूलीभेरीमा कांग्रेसका ५ वडाध्यक्षले एकसाथ जिते

ठूलीभेरी । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडामा जित हासिल गरेको छ ।

ठूलीभेरी नगरपालिकाको वडा नं. १ मा तेजेन्द्रबहादुर रोकाया विजयी भएको कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले जानकारी दिएका छन् ।

वडा नं. ३ मा भक्तबहादुर भण्डारी, वडा नं. ५ मा भीमबहादुर रोकाया, वडा नं. ९ सुवास कठायत र वडा नं. १० मा हंसरु महत विजयी भएका छन् ।

मेयरमा पनि कांग्रेसका सोवर्णकुमार बुढा र उपमेयर छिरिङ डोल्मा महतले जित्ने दाबी केन्द्रीय सदस्य बुढाको रहेको छ ।

विगतमा डोल्पामा कांग्रेसको खराब अवस्था थियो । कांग्रेसलाई जिताउन केन्द्रीय सदस्य बुढाले ठूलो भूमिका खेलेका छन् ।

डोल्पामा २ नगरपालिका र ६ गाउँपालिका छन् । विगतमा एमालेले दबाबमा राखेको डोल्पालाई यस पटक कांग्रेसले वडाहरू जितेर आफ्नो बर्चश्व बनाउन खोजेको छ ।

Published : Monday, 2022 May 16, 8:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया