प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेसका उम्मेदवारहरु पराजित भएका छन् ।

देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ रुवाखोलामा कांग्रेस पराजित भएको हो ।

कांग्रेसका पूर्व नेता कर्णबहादुर मल्ल नेतृत्वको कांग्रेस वीपीका नरेश भण्डारी वडाध्यक्षमा विजयी भएको वीपी कांग्रेसले जनाएको छ ।

उनले ६७३ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत पाएका छन् ।

कर्णबहादुर मल्लले एमालेसँग मिलेर कांग्रेसलाई हराएका हुन् ।

Published : Saturday, 2022 May 14, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया