अग्नि सापकोटाका भतिजाले एमालेसँग भोट बेचेको आरोप

बालुवा तस्करीका नाइके माओवादी नेता सुबोध पैसाकै लागि एमाले जिताउन लागि परेको आरोप ।
सिन्धुपाल्चोक । माओवादी केन्द्रका नेता माधव सापकोटा सुबोधले पैसा लिएर एमालेलाई मत बेचेको आरोप लागेको छ ।

सिन्धुपाल्चोको सुनकोसी गाउँपालिकाबाट अध्यक्षको उम्मेदवार बनेका एमाले नेता टपिन्द्र तिमल्सिनालाई जिताउन गठबन्धन गरेको माओवादीभित्र चर्चा चल्न थालेको छ ।

माओवादी निकट सूचना श्रोतले भन्यो सिन्धुपाल्चोकमा एमाले नेता देख्न नसक्ने सापकोटाले सुनकोसी गाउँपाकिकामा एमालेका उम्मेदवारलाई जिताउन लागि पर्नुबाटै छर्लङ हुने बताएका छ्न् ।

कुनै बेला एमाले नेता सिध्याउन काङ्ग्रेसको आड लिने नेता सापकोटा पैसाको लागि जे गर्न पनि पछि नपर्ने प्रष्ट देखिएको माओवादी निकट ब्यक्तिहरुको भनाइ छ ।

गत बर्ष बालुवा तस्करी गर्दा प्रशासनबाट लखेटिएका नेता सापकोटा पैसा कमाउन कहिले काङ्ग्रेस त कहिले एमालेको आड लिने गरेको एमाले निकटका व्यावसायिकहरुले बताएका छन् ।

सिन्धुपाल्चोकमा पाँचपोखरी गाउँपालिका र र जुगल गाउँपालिकामा काङ्ग्रेस माओवादीको गठबन्धन छ । सापकोटाले माओवादी बागमती प्रदेशको निर्णय र केन्द्रको निर्णय विपरीत काम गरेको माओवादी नेताको आरोप छ ।

तिमल्सिना एक व्यावसायी हुन उनी सरल स्वाभावका हुन् । उनलाई जिताउने भन्दै हिडेका सापकोटाकै कारण सुनकोसी गाउँपालिकाका माओवादी कार्यकर्ताले माओवादी छोडन थालेका छन् ।

देशभर पाँच दलस्य गठबंधन बनेको छ । सापकोटाले भने, आफ्नो स्वार्थको लागि यो हर्कत गरेको बुझिएको छ ।
एमाले नेता सरेश नेपालसग सधैं टसल राख्ने नेता सापकोटा अहिले कुम जिडेर हिड्न थालेका छ्न् ।

माओवादी निकट सूचना श्रोतले भन्यो केपिी ओलीविरुद्ध उभिएका माधब नेपाल र प्रचण्डको मिटिङ देखि हरेक योजना बनाउन टपिन्द्रले आफ्नो घरमा गरेका थिए। यहि कारण तिमल्सिना मिडिया माझ चिनिएका हुन। माओवादी नेता सापकोटाले यहि मौकामा आफ्नो हातमा लिएका थिए ।

कोरोना महामारीको समयमा समेत तिमल्सिनाको गाडी प्रयोग गर्दै आएका सापकोटा पैसा भनेपछि हुरुक्कै हुने गरेका छ्न् । सुनकोसी गाउपालिकामा नेपाली काङ्ग्रेसको बर्चस्व छ, कम्जोर अबस्थामा रहेको माओवादीले आफुले निर्वाचन नजित्ने देखेपछि पैसा लिएर गठबन्धन गरेको नेकपा माओवादी बागमती प्रदेश कमिटिले निकालेको बिज्ञप्तिले बुझाउँछ ।

माओवादी केन्द्र बागमती प्रदेशले एमाले सग गठबन्धन गर्न नहुनेभन्दै आए पीन नेता सापकोटाले भने पैसा लिएर माओवादीको भोट बेचेको आरोप छ । सापकोता सभामुख अग्निप्रसाद सापकोटाका भतिजा हुन् ।

Published : Tuesday, 2022 May 10, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया