५ वर्षभन्दा माथिका बालबालिकालाई फाइजर खोप लगाइदिने

काठमाडौं । नेपाल सरकारले कोरोनाबाट बचाउन बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइदिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइदिने तयारी गरेको स्रोतले जनाएको छ ।

अमेरिकासहितका विभिन्न देशले ५ देखि ११ वर्षभित्रका बालबालिकालाई फाइजरको खोप लगाउन थालिसकेका छन् । बालबालिकालाई दुई मात्रा खोप दिइनेछ ।

५ देखि ११ वर्षका बालबालिकाका लागि ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजरले जनाएको छ ।

१२ वर्षभन्दा माथिका सबैलाई भने फाइजरले ०.३ एमएलका दरले दुई डोज तोकेको छ ।

नेपालमा ११ वर्षमुनिका बालबालिकामा पनि संक्रमण बढ्न थालेको छ ।

विश्व स्वास्थ्य संगठनले उच्च ज्वरो, लगातार खोकी र गन्ध तथा स्वाद थाहा नपाउनेजस्ता लक्षणलाई कोभिडका मुख्य लक्षणको रूपमा परिभाषित गर्दै आएको छ ।

ओमिक्रोनको लक्षण डेल्टाको भन्दा फरक रहेको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् ।

अधिकांश संक्रमितमा घाँटी दुख्ने र टाउको दुख्नेजस्ता सामान्य लक्षण मात्रै देखिएका छन् ।

स्वाद वा गन्ध हराउने, ज्वरो आउनेजस्ता समस्या ५० प्रतिशतमा देखिएको छ ।

ओमिक्रोनको लक्षण छाला चिलाउने, खाना नपच्ने, निद्रा नलाग्नेजस्ता छन् ।

Published : Tuesday, 2022 January 18, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया