माधवकुमार नेपालका ‘दुश्मन’लाई ओलीले दिए आकर्षक पद

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी (नेकप)का निकटका नेता प्रभु साहलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्री बनाइदिएका छन् ।

प्रचण्डलाई छाडेको २४ घण्टाभित्रै ओलीले साहलाई पुरस्कृत गर्दै मन्त्री बनाएका हुन् । साहले शुक्रबार साँझ मन्त्री पदको शपथ समेत लिएका छन् । साहलाई प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मधेसमा साहको आफ्नै लोकप्रियता छ । रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्ने साह र माधवकुमार नेपालबीच कुरा मिल्दैन । साहले नेपाललाई रौतहटमा तनाब दिएका छन् । साहसँग नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधामन्त्री नेपाल रौतहट जिल्लामा प्रवेश गर्न समेत डराउँछन् ।

तत्कालीन नेकपा (माओवादी) मा छँदा मधेशका बलियो खम्बाका रुपमा चिनिने नेकपा सांसद एवं केन्द्रीय सदस्य साह प्रचण्ड–माधव समूह छोडेर पार्टीको संस्थापन समूहमा फर्किएका छन् ।

पार्टीमा विभाजन आएसँगै प्रचण्ड–माधव समूहमा खुलेका नेता साह यसअघि सम्पन्न उक्त समूहको दुई वटा केन्द्रीय कमिटी बैठकमा समेत सहभागी भएका थिए ।

प्रचण्ड–माधव समूहले मंगलबार र बिहीबार आयोजना गरेको बैठकमा सहभागी भएका साह अन्ततः शुक्रबार नेकपाको संस्थापनतिरै फर्किएका हुन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह संस्थापनमा फर्किएसँगै शहरी विकासमन्त्री समेत बनेका छन् । उनको साथमा दर्जनौं केन्द्रीय सदस्यहरु पनि संस्थापन समूहमा फर्किएको उनले दाबी गरेका छन् ।

तत्कालीन नेकपा (माओवादी)मा रहँदा उनलाई सो पार्टीभित्र मधेशको बलियो खम्बाका रुपमा चिनिने गरिन्थ्यो ।

साह संस्थापनतर्फ मोडिएसँगै मधेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राम्रो उपस्थिति रहने विश्वास समेत गरिएको छ ।

विभाजित प्रचण्ड–माधव समूहमा दुई जना अध्यक्ष राख्ने प्रस्तावप्रति असन्तुष्टि जनाउँदै ओलितिर फर्किएका साह यसअघि पनि पार्टी तटस्थ भूमिकामै देखिन्थे ।

प्रचण्ड–माधव समूहबाट माधवकुमार नेपाल अध्यक्ष बनेपछि साह थप असन्तुष्ट बनेर ओलीतिर फर्किएका हुन् ।

नेपाल र साह रौतहटकै हुन् । यद्यपि एकै जिल्लावासीको नेतृत्व स्वीकार गर्न साह राजी भएनन् ।

यसले माधवकुमार नेपालको प्रवृत्तिप्रति थप शंसय समेत पैदा गराएको छ भने सो समूहबाट क्रमशः नेता–कार्यकर्ताहरू संस्थापनतर्फ फर्किने अनुमान गर्न सकिन्छ ।

Published : Friday, 2020 December 25, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया