सधैँ पावरमा बसेका प्रचण्डलाई बालुवाटारले लडाइ दियो, खुमलटारमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली समूहले पार्टीको दोस्रो वरीयताका अध्यक्षबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ हटाएको छ ।

दाहाललाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई ओली समूहले गराएको छ ।

केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरी प्रचण्डलाई हटाएको जानकारी बिहीबार गराइएको हो ।

केन्द्रीय समितिमा थपिएका ५५६ जनाको सूचीसमेत निर्वाचन आयोगमा पठाइएको छ । प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएको जानकारी समेत आयोगलाई गराइएको छ ।

यसैबीच, ओली समूहको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इञ्चार्जहरू तोकेको छ ।

बालुवाटारमा बिहीबार बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

प्रदेश १ को इञ्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, बागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई ईञ्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए ।

जनवर्गीय संगठनको ईञ्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

बैठकले प्रचण्डको कार्यकारी अधिकार फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको सो समूहले जनाएको छ ।

Published : Thursday, 2020 December 24, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया