मध्यावधी निर्वाचन दुई चरणमा गर्न प्रस्ताव, चार मन्त्रीको विद्रोह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाखमा मध्यावधी निर्वाचनको तयारी गरेका छन् ।

स्रोतका अनुसार ओलीले वैशाखको अन्तिम सातामा दुई चरणमा निर्वाचन गर्ने विषयमा आफू निकटकाहरूसँग परामर्श गरेका छन् ।

ओलीले वैशाख २३ र २९ गते गरि दुई चरणमा निर्वाचनको तयारी गरेका हुन् । निर्वाचनको मिति र तयारीका विषयमा आधिकारिक रुपमा केही भनिएको छैन ।

मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग करीव १ घण्टा भेटवार्ता गरेका थिए ।

भेटपछि बालुवाटार आएका ओलीले मध्यावधी निर्वाचन र संसद विघठन भएको विषयमा हुने विरोधहरूका बारेमा छलफल गरेको जनाइएको छ ।

मन्त्रिपरिषदको बैठकमा ओलीले संसद विघठनको प्रस्ताव राखेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुनले विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीको निर्णयको विरोध गरे पनि विरोध गर्ने चार जना मन्त्रीहरूले राजीनामा भने दिएका छैनन् ।

Published : Sunday, 2020 December 20, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया