महाअभियोग र अविश्वास प्रस्तावबाट भण्डारी–ओलीलाई हटाउन खोजेपछि संसद विघठन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकलम दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव र महाअभियोगको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरेको रहस्य बाहिर आएको छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व बढेर गएपछि दाहाल–नेपाल समूहले ओलीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउने गृहकार्य गरेको चालपाएपछि ओलीले आइतबार संसद विघठन गर्ने निर्णयमा पुगेको उच्च स्रोतले जनाएको छ ।

ओलीले सहमतिको प्रयास गरेर अगाडि बढ्न खोजेका थिए । ओलीलाई सिध्याउन दाहाल–नेपाल समूह सक्रिय भएर लागेपछि संसद विघठन हुने अवस्थामा पुगेको छ ।

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर उप–राष्ट्रपति नन्दबहादुर पुनमार्फत शासन व्यवस्था चलाउने योजना भित्रभित्रै बनेको थियो । ओलीलाई दाहाल–नेपाल समूहले उप–राष्ट्रपति पुनमार्फत साइजमा ल्याउन खोजेका थिए ।

दुईतिहाइको बहुमत हुँदा पनि कम्युनिस्टभित्रको झगडाले समस्यालाई झन् तनावपूर्ण बनाइदिएको छ ।

Published : Sunday, 2020 December 20, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया