लयमा फर्कियो जनताको पार्टी कांग्रेस

काठमाडैं । कम्युनिस्ट सरकारविरुद्ध देशभरि शानदार प्रदर्शन गरेको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिअनुसार संसदको अधिवेशन र मुलुकको अवस्थाका विषयमा छलफल गर्न शुक्रबार संसदीय दलको बैठक बस्नेछ ।

पुस ३ गते शुक्रबार बिहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने खाँणले बताए ।

नेकपाभित्रको आन्तरिक विवादका कारण मुलुकलाई संकटमा पारेको भनेर आसन्तुष्टि जनाउँदै आएको कांग्रेसले मंसिर २९ गते देशभरि एक साथ कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा कांग्रेसका नेताहरूले सोँचेभन्दा पनि धेरै र आकर्षक उपस्थिति रहेको थियो ।

कोरोना महामारी रोकथाम र उपचार गर्न नसकेको भनेर आलोचना खेप्दै आएको कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको कांग्रेसको आरोप छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई उनकै दल नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सरकार भ्रष्ट भएको भन्दै सचिवालयको बैठकमा लिखित प्रतिवेदन नै पेस गरेका छन् ।

नेपाली कांग्रेसले संसदको बैठक छिटोभन्दा छिटो बोलाएर जनताको आवाज बुलुन्द बनाउन खोजी रहेको छ । कांग्रेसलाई जनताले ढिला भएपनि लयमा फर्किएको भन्दै प्रशंसा गरिरहेका छन् ।

Published : Thursday, 2020 December 17, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया