गेरुवामा भत्किन थाल्यो कम्युनिस्ट ‘किल्ला’, तिमल्सिनाद्वारा कांग्रेसमा भव्य स्वागत

बर्दिया । बर्दिया जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गेरुवा गाउँपालिका– १ मा बुधबार आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेसको केन्द्रीय संगठन विगठन विभागका सदस्य एवम् युवा नेता जन्मजय तिमल्सिनाले नेकपाका ३४ जना स्थानीय नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस नेता तिमल्सिनाले कांग्रेस र कम्युनिस्टबीचको भिन्नता बुझेर नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरू धन्यावाद दिए ।

‘सर्वसत्तावाद, लोकतन्त्र र कांग्रेस–कम्युनिस्ट के हो भनेर बुझेर तपाईहरू कांग्रेसमा प्रवेश गर्नुभएको छ । तपाईहरू आफै परिपक्व भएर कांग्रेसमा प्रवेश गर्नुभएको छ’, नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका तिमल्सिनाले भने, ‘कांग्रेस भनेको लोकतान्त्रिक पार्टी हो । लोकतन्त्र भनेको आफ्नै शासन गर्ने व्यवस्था हो ।’

कांग्रेसका युवा नेता तिमल्सिनाले कांग्रेसप्रति गाउँ–गाउँमा जनताको आकर्षण बढेर गएको बताए ।

उनले विशेष गरेर महिला दिदीबहिनीहरूको उपस्थितिले कांग्रेसलाई झन् उर्जा र हौसला बढेर गएको बताए । उनले भने, ‘कांग्रेसका कार्यक्रमहरूमा महिला दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति देखेको छु । खुसी लागेको छ । सबै समुदायका मासिनहरूले कांग्रेस र कम्युनिस्टलाई बल्ल छुट्याउन सक्नुभएको छ ।’

कांग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि मीनराज चौधरीले कम्युनिस्टहरूको बेथिति, भ्रष्टाचार, अराजकता, कोरोनाका नाममा लुटका घटना लगायतबाट जनता आजित बनेको बताए ।

जनताले दिएको जनमतलाई कम्युनिस्टहरूले व्यक्तिगत कमाइका लागि प्रयोग गरेको भन्दै नेता चौधरीले जनतामा वितृष्ण पैदा भएको बताए ।

गाउँका जनताले कम्युनिस्टहरूलाई धमाधम परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने लहर चलेको उनले बताएका छन् ।

गेरुवा गाउँपालिका– १ का कांग्रेस सभापति यामबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि संगठन विभागका सदस्य एवम् युवा नेता तिमल्सिना रहेका थिए ।

माधवपुर, सरकुल मटेखा, वगैपुरमा भएको कार्यक्रममा कांग्रेस नेताहरू दरबारु चौधरी, प्रेम रावल,लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

नेकपाका लोकप्रिय स्थानीय नेता भीम श्रेष्ठसहित बलबहादु श्रेष्ठ, दीपक श्रेष्ठ, डम्बर श्रेष्ठ, भबीलाल श्रेष्ठ, मनोज थारू, भौना थारू, यमबहादुर थापा मगर, मायाराम खत्री लगायत ३४ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । बर्दिया जिल्लाको क्षेत्र नं. २ मा पर्ने यो क्षेत्रबाट प्रतिनिधि सभामा नेकपाले जितेको छ ।

नेकपाको गढ मानिने गेरुवामा कांग्रेसले आफ्नो किल्ला बनाउन सुवात गरेको छ ।

Published : Thursday, 2020 December 17, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया