नेविसंघले २८ गते देशभरि प्रदर्शन गर्ने, कम्युनिस्ट सरकारलाई दवाव दिने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नमंसिर २८ गते देशभरि कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

मंसिर २८गते अपरान्ह ४ बजे ७७ वटै जिल्लाका प्रमुख शहरहरूमा सिठ्ठी जुलुसको प्रदर्शन गर्न लागिएको नेविसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसले २९ गते देशभरि खड्गप्रसाद ओली सरकारविरुद्ध प्रदर्शन गर्दै छ । सोही प्रदर्शनको प्रचार प्रसारका लागि नेविसंघले २८ गते सिठ्ठी जुलुस गर्न लागेको छ ।

नेविसंघले कम्युनिस्ट सर्वसत्तावादको विरुद्ध, कोरोनाको नाममा भएको अरबौं भ्रष्टाचारविरुद्ध, दुईतिहाइको आडमा चलाइएको सरकारी दमनविरुद्ध, काण्डै काण्ड र घोटालामा मुटिएको नालायक ओली सरकारविरुद्ध तथा तनहुँमा मंसिर २१ गते वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता कार्यकर्तामाथि भएको सरकारी गण्डागर्दीको विरोधमा प्रदर्शन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले संघीय लोकतान्त्रिक गगणतन्त्रको पक्षमा, संघीय संसदको बैठक तुरुन्त बोलाइ सबै समस्याको निकासबारे गम्भीर छलफल र बहस होस् भन्ने पक्षमा दवाव दिन लागेको जनाएको छ ।

Published : Thursday, 2020 December 10, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया