विद्या भण्डारी भेटेका देउवाले अकस्मात बोलाए बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् ।

सभापति देउवाले मंगलबार साँझ शीतल निवासमा भण्डारीलाई भेटेका थिए ।

कांग्रेस पदाधिकारीहरूको बैठक देउवा निवास बुढानिकलण्ठमा बस्नेछ ।

सरकारविरुद्ध सोमबारका लागि तय गरिएको विरोध प्रदर्शनका सन्दर्भमा छलफल हुने सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।

बैठकमा २९ गतेको विरोधको बारेमा छलफल हुनेछ । कांग्रेसले सडक र सदन दुबै मोर्चालाई सरकारविरुद्ध सशक्त बनाउने तयारी गरेको छ ।

Published : Thursday, 2020 December 10, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया