लमजुङमा १८ वर्ष अगाडि ठूलो काण्ड गर्नेहरू पक्राउ

बेशीसहर । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले १८ वर्ष अगाडि हत्या गरेर फरार तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४६ वर्षीय धनराज गुरुङ, ४१ वर्षीय मनबहादुर गुरुङ र ४५ वर्षीय धनबहादुर गुरुङ रहेका छन् ।

उनीहरूले २०५९ साल असोज ३० गते दशैँको दिनमा तत्कालीन कोल्की गाविस–३ (हाल दुधपोखरी गाउँपालिका– ५) बस्ने २८ वर्षीय भीमबहादुर गुरुङको हत्या गरेका थिए ।

तीन जनाको समूहले भीमबहादुरको सोही स्थानको हिमालय माबिको चौरमा हत्या गरी फरार रहेका थिए ।

भीमबहादुरको हत्या भएको १६ वर्षपछि उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरि आइतबार लमजुङ प्रहरीले बेसीशहरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

धनराज गुरुङ, धनबहादुर गुरुङ र मनबहादुर गुरुङलाई चितवनको भरतपुर–१२ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2020 November 30, 8:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया