फुटबल खेलाडी डियागो म्याराडोनाको निधन

लण्डन । विश्वका चर्चित फुटबल खेलाडी डियागो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।

अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो ।

अर्जेन्टिनाले उनकै नेतृत्वमा सन् १९८६ को विश्वकप जितेको थियो । उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेलेका थिए ।

सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो । फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो ।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो ।

उनले ३७ वर्षको उमेरमा सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए ।

Published : Wednesday, 2020 November 25, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया