प्रहरीद्वारा साढे एक करोडको यार्चागुम्बासहित मान्छे पक्राउ

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट प्रहरीले ठूलो परिमाणमा अवैध जडीबुटी याचागुम्बा बरामद गरेको छ ।

शनिबार दिउँसो प्रहरीले करीव १ करोड ५७ लाख ५९ हजार रुपियाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बासहित हुम्ला नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा लामाले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा अवैध यार्चागुम्बा फेला पारिएको विज्ञप्तिमा उल्लेख छ ।

बरामद यार्चागुम्बासहित लामालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Published : Sunday, 2020 October 18, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया