अनामनगरमा श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या

काठमाडौं । काठमाडौंमा एक जना व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

काठमाडौं महानगरपालिका–२९, अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय विकले आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्कालाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

उनलाई पत्नी हत्याको अभियोगमा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१३ खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

परियारले सोही ठाउँ बस्ने ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको जनाएको छ ।

वादविवादको क्रममा परियारले गुरुङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात जिल्ला प्रहरी कार्यालय धादिङ गई आफैले हत्या गरेको भनेर आत्मसमर्पण गरेका थिए ।

Published : Saturday, 2020 September 5, 6:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया