पत्रकारको ज्याकेट लगाएर ललितपुरमा प्रहरीलाई ढुंगा हान्ने व्यक्ति पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले ललितपुरको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ का २१ वर्षीय अनिश महर्जनलाई इमाडोलबाट पक्राउ गरेको जनाएको छ ।

महर्जनले बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हानेका थिए ।

पक्राउ परेका महर्जन पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडपमा संलग्न भएको भन्दै प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।

Published : Friday, 2020 September 4, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया