निषेधाज्ञाका बेला काठमाडौंमा ‘ग्याङफाइट’

काठमाडौं । निषेधाज्ञाका बेला काठमाडौंको स्वयम्भुमा दुई समूहबीच ‘ग्याङफाइट’ भएको छ ।

‘ग्याङफाइट’मा चार जना घाइते भएको काठमाडौं प्रहरीले जनाएको छ । बिहीबार राति ढुङ्गेधारा र रानीबनका दुई समूहबीच रानीबनमा ‘ग्याङफाइट’ भएको थियो ।

‘ग्याङफाइट’मा ३० वर्षीय सुदीप राना मगर, २४ वर्षीय सुरज राना मगर, २७ वर्षीय नवराज राना मगर र सुरज थापा मगर घाइते भएका छन् ।

घाइते सबैको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ‘ग्याङफाइट’का विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Published : Friday, 2020 September 4, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया