कुश्मामा तास खेल्ने ७ जनाकाे समूह पक्राउ

कुश्मा । पर्वत जिल्लाकाे कुश्मा नगरपालिका-७ आचार्य चोकस्थित एटु खाजाघरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरमा तास खेलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले २ सय १२ पत्ति तास र २३ हजार १ सय ९० रुपियाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कुश्मा पर्वतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Published : Wednesday, 2020 September 2, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया