निषेधाज्ञाका बेला काठमाडौंमा खुर्पा हानेर हत्या प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित यूएनपार्क नजिकै धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

साँखुको ब्रह्मखेल बस्ने उदयपुर मझुवा खोला घर भएका १९ वर्षीय सुयोग दनुवार राईलाई खुर्पा प्रहार गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सुयोगले दोलखा बैदेश्वरी गाउँपालिका– ४ घर भई हाल काठमाडौं महानगरपालिका– १० बुद्धनगरस्थित युएन पार्क नदी किनारमा बुद्धनगर दाहाल मिट सप सञ्चालन गर्ने ६० वर्षीय पदमप्रसाद दाहाललाई खुर्पा माग्दा नदिएको आक्रोसमा सोही खुर्पा खोसेर प्रहार गरेका थिए ।

खुर्पा प्रहारबाट घाइते भएका दाहालको निजामती अस्पताल मीनभवनमा प्रारम्भीक उपचार भएको थियो । दाहाललाई थप उपचारका लागि पाटन अस्पताल ललितपुरमा भर्ना गरिएको छ ।

Published : Wednesday, 2020 September 2, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया