काठमाडौंमा छोरी बलात्कार गर्ने बुबा पक्राउ

काठमाडौं । काठमाडौंमा आफ्नै ७ वर्षीया छोरी जबरजस्ती करणी गरेको अभियोगमा ४० वर्षीया बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ती बुबालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, झापामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका– ५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई पटक–पटक जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यता, कास्कीमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका– १० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरिबहादुर गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई डर, धाकधम्की देखाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

Published : Wednesday, 2020 September 2, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया