रौतहटका साहको बिहारमा गोली हानेर हत्या

गौर । रौतहट जिल्ला घर भएका दिनदयाल साहको भारतको बिहारमा गोली हानेर हत्या भएको छ ।

ईशनाथ नगरपालिका–७ सानो घ्युरा बस्ने ३२ वर्षीय साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपरिचित ब्याक्तिहरूले फोन गरी बोलाए पश्चात साह भारतको घोडासहन गएका थिए । साहलाई ती व्यक्तिहरूले गोली प्रहार गर्दा मृत्यु भएको बताइएको छ ।

गोली हानेर हत्या गरिएका साहको शव भारत घोडासहन प्रहरी थानामा रहेको छ ।

गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2020 August 31, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया